पानीको मूल्य तोक्दै बोटल वाटर संघले भन्यो तोकिएकै मूल्यमा पानी बिक्री गर्नु, यस्तो छ मूल्यसूची

दर्पण दैनिक २१ भाद्र २०८१,२१:४७
post

काठमाडौँ । नेपाल बोटल वाटर संघले पानीको गुणस्तर र तोकिएको मूल्यमा बिक्री गर्न बिक्रेताहरूलाई आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडवाडको समयमा उपभोक्तालाई निर्धारित गरिएको मूल्यभन्दा धेरैमा बिक्री नगर्न आग्रह गरेको हो । 

पानीको गुणस्तर र मूल्यमा उपभोक्ता तथा सरोकारवाला निकाय पनि सचेत हुनुपर्नेमा समेत संघले जोड दिएको छ । ‘पानीको गुणस्तर, पहिचान खुलेको लोगो, इम्बोसिङ वा प्रिन्टेड जार, मूल्य खुलेको क्युआर कोड स्टिकर, सफा राम्रो जार, पानीको बोटल, ल्याब परिक्षणको कागजात हेरी चाडबाडको मुखमा तोकिएको मूल्यभन्दा बढीमा प्रभाव पार्ने गरी पानी बिक्री वितरण गर्ने देखिएकाले सचेत रहौं,’ संघले जारी गरेको विज्ञप्तिमा छ, ‘साथै पानीको विल/विजकसहित पानी खरिद गर्न अनुरोध गर्दछौं ।’

उपत्यकामा पानीको एक जारको खुद्रा मूल्य ४५ देखि ४७ र एक बोतल पानीको मूल्य १६ रुपैयाँ पर्ने संघले जनाएको छ । उपत्यका बाहिर भने एक जारको खुद्रा बिक्री मूल्य ६० र एक बोतलको २० रुपैयाँ पर्नेछ । याे मूल्य शनिबार रातीदेखि लागसू हुने छ ।

संघले उपभोक्ताबाट पानीको खाली जारमा डिजेल, मट्टितेललगायत अखाद्य सामान राख्ने कार्यले समस्या आउने गरेको संघले जनाएको छ । साथै सिलबन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनुपर्ने भएपनि सिल खोलिएको पानीको जारको उजुरीको आधारमा उद्योगी कारबाहीमा परिरहेको संघले जनाएको छ । उद्योगीलाई नियमित, मर्यादित र व्यवसायिक बनाउन राज्यको सहकार्य आवश्यक समेत रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

 

नेपाल बोटल वाटर संघले दिएकाे जानकारी अनुसार  यस्तो छ मूल्यसूची

उपत्यका भित्र 
जार
उद्योग मल्य : १८
डिष्टिव्युटर मुल्य : ३५
उपभोक्ता मुल्य: ४५ - ४७


बोटल
उद्योग मल्य : ११० प्रति १२ बोटल
डिष्टिव्युटर मुल्य : १३०
उपभोक्ता मुल्य : १४०
खुद्रा मुल्य : १६ प्रति बोटल


उपत्यका बाहिर

 
जार
उपभोक्ता खुद्रा मुल्य : ६०

 
बोटल
उपभोक्ता खुद्रा मुल्यः २०

 

 

 

 

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: