काठमाडौं । कुमारी बैंक लिमिटेड र सी जी मोटर कर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ ।
यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बीजक मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ्ग इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।