काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मूलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियन, निजी क्षेत्रलगायतको साथ रहने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै त्यसको सामना गर्दै अघि बढिरहेको बताए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google