एक्स कस्मोपोलिटिएनलेसुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट

दर्पण दैनिक २५ माघ २०८०,१७:००
post

काठमाडौं । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्घेश्य सहित स्थापना भएको एक्स कस्मोपोलिटिएनकोऔपचारिक सुरुवात भएको छ । बुधबार तदनुसार फेब्रुअरी ७ मा काठमाण्डौंको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात भएको हो । दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गरेका छन् । 

आटलेटको उद्घाटन गर्दै अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुवात भएको भन्दै खुसी व्यक्त गरेका थिए । महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गूणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

प्राकृतिक रुपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गईरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुन्द्र सतह देखि ३ हजार मिटर देखि ६५ सय मिटरको उचाईमा पाईने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम आत्मनिर्भर भई  १२० वर्षभन्दा दामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने उद्घेश्य रहेको एक्स कस्मोपोलिटिएनले जनाएको छ । 


एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ । वेलकेयर अन्र्तगत आजको अग्रगामी प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ ।

सुभनियर बुटिक अन्र्तगत नेपालको समुन्द्री सतह देखि ६ हजार ५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर मह लगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने साम्रागीहरु बिक्रीको लागी राखिने छ । विशेषतः नेपाली लगायत नेपालमा घुम्न आउने पर्यटकहरुलाई नै लक्षित गरेर शोभनियर बुीटकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरता अधिकारीले बताइन् । 


‘कम्पनीले प्राकृतिक रुपमा उपलब्ध भएको वस्तुहरुलाई जस्ताको तेस्तै बजारमा ल्याउँदै छ । यो संसारभरिका सम्पुर्ण मानिसहरुको लागी फलदायक छ । कम्पनीले उत्पादन गर्ने सामाग्रीहरुमा केमिकलको प्रयोग हुनेछैन,’ अधिकारीले भनिन् । नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समूहका मानिसहरुले प्रयोग गर्न उपयुक्त हुने सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण कम्पनीले गर्नेछ । विभिन्न जडिबूटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तराष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिक्री गर्ने कम्पनीको लक्ष्य छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: