ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित, कसकाे कति मत ?

दर्पण दैनिक ७ असार २०८०,१७:००
post

काठमाडाैं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उनका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष कुँवरले चार सय ४१ मत प्राप्त गर्दा यादवले तीन सय ८६ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजङ्ग कार्कीले चार सय ६९, उपाध्यक्ष खुलातर्फ गणेशबहादुर केसीले चार सय ३८, ज्योति कोइरालाले चार सय १८, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले तीन सय ९२, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापाले चार सय १२, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठले तीन सय ७५, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) राजेश पालिखेले तीन सय ८६ मत ल्याई विजयी भएका छन् ।

यस्तै महासचिवमा अजयकुमार राईले चार सय ६४, उपमहासचिव (खुला) बलदेव तामाङले चार सय ६९, जनार्दन भट्टराईले चार सय २८, महिला उपमहासचिव सुशीला घिमिरेले चार सय ३५, उपमहासचिव (सेवा) देवदत्त बडुले चार सय ५७, उपमहासचिव (उत्पादन) कुलबहादुर खड्काले चार सय १६, उपमहासचिव (अनौपचारिक तथा स्वरोजगार) रुक्मणि थापा (अर्चना)ले तीन सय ७६, कोषाध्यक्षमा सञ्जयकुमार दाहालले चार सय २१ र सहकोषाध्यक्षमा रशमाया गुरुङले तीन सय ९८ मत ल्याई विजयी भएका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।

खुला सदस्यमा कमलबहादुर खत्री, कमलकुमार विष्ट, घनश्याम चापागाईं, टेकबहादुर सार्की, माधवप्रसाद उपाध्याय, विष्णुप्रसाद अधिकारी र सुजितविक्रम शाह, महिला सदस्यमा उर्मिलाकुमारी ढकाल पोखरेल, कविता अर्याल, ताराकुमारी राई कार्की, समिता कोइराला, शान्ति धाँमी र शान्ति सिंह (शाह) विजयी भएका छन् ।

यस्तै, सदस्यमा अनिता मण्डल र भजनकुमारी ढुङ्गानाको बराबर मत आएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए। उनको अनुसार युवा समिति, महिला समितिसमेत चयन गरिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: