गोरखाको धार्चेमा विकास हाइड्रोले बनाएको जलविद्युत आयोजना उद्घाटन

दर्पण दैनिक १५ फाल्गुन २०७९,१७:२०
post

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकामा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले बनाएको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच विद्युत आयोजनाको भर्चुअल रुपमा टर्वाइन सञ्चालन गरी उद्घाटन गरेका छन् ।

उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गरे ।

प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाउँदै वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र त्यसपछि विकास निर्माणको काममा लाग्ने बताए ।

यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवादसमेत दिए ।

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले १३२ केभिएको ट्रान्समिसन लाईन निर्माणको लागि सरकारले तत्काल काम सुरु गर्ने समेत बताए । उनले सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।

यो हाइड्रोमा गैरआवासीय नेपालीहरूको लगानी छ । गोरखा जिल्लाको उत्तरी भू–भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बूढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सकिएको आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतामा २०८० साल असार ३० गते विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, ६ महिना अगावै सम्पूर्ण निर्माण कार्य पुरा गरेर उत्पादन सुरु गरेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: