काठमाडाैँ । हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम शुरु गर्ने भएको छ । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आउँदो शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुने जनाइएको छ । कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु रहेको छ । विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम, व्यवसाय गर्न चाहने नव–उद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जनाएकी छन्।
उनका अनुसार कार्यक्रमको महत्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो–सिडिङ रिभल्भिङ फन्ड’ (लघु–बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य राखिएको छ । यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजी उपलब्ध गराइने कोषले जनाएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी–व्यवसायीहरूको सहभागिता रहने विज्ञप्तिमा उल्लेख छ । सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ । कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)







प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google