काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले एक कार्यक्रममाझ आफ्नो स्थानान्तरित शाखा प्रयाग पोखरी चोकमा सञ्चालन गरेकाे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले संयुक्त रुपमा साे शाखाकाे उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सहभागी भएका थिए ।
ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखि सेवा दिंदै जाने कम्पनीको उद्देश्य रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google