काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ । हुन्डाईले Upgrade your Electric Journey with IONIQ 5' भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ, जस अन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी KONA वा IONIQ सँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा KONA को न्युनतम एक्सचेन्ज मुल्याङ्कन रु.४० लाख कायम गरिएको छ जुन हालसम्मको मुल्याङ्कनमा सबैभन्दा बढी जनाएको छ ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो KONA इभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ Kona Electric वा I ONIQ 5 को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।
नेपालका विद्युतीय सवारी साधनहरूमा हुन्डाई इभीहरू अग्रपंत्तिमा रहेका छन् । यी इभीहरूले विश्वभरका ग्राहकहरूको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ । प्रतिस्पर्धात्मक विद्युतीय सवारी साधनको बजारमा हुन्डाईले फ्युचरिष्टीक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ ।
यो योजनाबाट ग्राहकहरूले Kona तथा IONIQ 5 को सम्पूर्ण विशेषताहरूसँग साक्षात्कार गर्न पाउने छन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरूप्रति ग्राहकहरूको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ ।
एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरूमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ । यस कम्पनीले परिवर्तनशिल नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ्ग स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google