
काठमाडाैँ । परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेको हो ।
पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका २ सय १७, बेथानचोक गाउँपालिकाका २ सय ३०, रोशीका १ सय ५३, भुम्लुका १ सय ३ र तेमालका ७१ गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरिएको सञ्जालका लक्ष्मी खनालले जानकारी दिइन् ।
ब्लाङ्केट वितरण गर्दै परराष्ट्र मन्त्री राणाले प्रसव पीडाका कारण ज्यान गुमाउने अवस्थामा पुगेपछि सुरक्षित मातृत्वको अभियानमा लागेको बताइन् । ‘सन्तानलाई जन्म दिने बेलामा म जुन प्रसव पीडाबाट गुज्रिए, मर्छु की बाँच्छु भन्ने अवस्थामा पुगेको थिए,’ उनले भनिन्, ‘म र मेरो सन्तान त बाच्यो तर यही पीडा भएका अन्य महिला बाँच्न सक्लान् की नसक्लान् भनेर यो अभियानमा जोडिएको हुँ ।’ उनले गर्भवती तथा सुत्केरी अवस्थामा पोषण लगायतमा सहयोग गर्न सकिए देशले सुयोग्य नागरिक पाउने बताइन् ।
पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षित मातृत्व र प्रजनन अधिकार स्थापित गर्न सञ्जालले खेलेको भूमिकाको प्रशंसा गरे ।
बाग्मती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले असोज १० देखि १२ गतेसम्म अविरल बर्षपछिको बाढी पहिरोमा काभ्रेमा अर्बौ भन्दा बढी रकम बराबरका भौतिक क्षति भएको भन्दै त्यसको पुनर्निर्माणको लागि सघाउन अनुरोध गरे ।
उनले वीपी राजमार्गको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि परराष्ट्रमार्फत पहल गरिदिन अनुरोध समेत गरे ।
सन् १९८६ देखि ‘सफा सुत्केरी’ अभियान चलाएको समूह सन् २००५ देखि महासंघको रुपमा काम गरिरहेको छ । महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठका अनुसार, सञ्जालले सुरक्षित मातृत्वको लागि नीतिगत वकालत, पैरवी र बर्थिङ सेन्टर स्थापना लगायतको काम गर्दै आएको छ । विपद, महामारीमा अवरुद्ध स्वास्थ्य सेवा सुचारु गर्नको लागि पहल गरेको सञ्जालले विपदको समयमा डिग्निटी किट, स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)

























































.jpg)
































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google