काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘व्हील अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर योजना ल्याएको छ । श्रावण १८ बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाई प्रोमाइजको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो । आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
हुण्डाईले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘व्हील अफ चेन्ज’ योजना ल्याएको छ, जस अन्तर्गत काठमाण्डौ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरुसंग सहकार्य गरेको छ ।यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ ।
अत्यधिक लाभ र विशेषता सहितको यो योजनाले ग्राहक महानुभावहरुलाई हुण्डाईको विभिन्न उपलब्धमोडलहरुमारु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् । एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममागएरहुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याँकन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध छ ।
यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका compact SUV, SUV, EV तथा hatchback मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्गउपलब्ध छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।