
काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका विभिन्न डाँडाहरूमा निर्माण भएका विशाल तथा आलिशान गुम्बाहरूको गतिविधिमाथि नेपाल सरकारले गम्भीर अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै मदरसा तथा चर्चहरूमा सञ्चालन भइरहेका गतिविधिहरूको पनि नियमित निगरानी गर्नुपर्ने विषय उठाइएको छ।
सुरक्षा सरोकारवालाहरूका अनुसार यस्ता संरचना तथा गतिविधिहरूले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर पार्न सक्ने भएकाले मुलुकले आफ्नो गुप्तचरी क्षमता सुदृढ गर्दै सतर्कता अपनाउनुपर्ने देखिएको छ।
यसैबीच, भदौ २ र ३ गते संसद भवन परिसरमा घटेको घटनालाई लिएर थप चिन्ता व्यक्त गरिएको छ। 'तिब्बती मूलका व्यक्तिहरूको संलग्नता रहेको मोटरसाइकल गतिविधिले नेपाल मात्र नभई चीनका लागि पनि सुरक्षा सन्देश दिएको' विश्लेषण गरिएको छ।
विशेषज्ञहरूका अनुसार यदि छिमेकी देशहरूबीचको द्वन्द्वमा नेपालको भूमि प्रयोग हुने अवस्था सिर्जना भयो भने यसले मुलुकलाई जटिल कूटनीतिक तथा सुरक्षा संकटमा पार्न सक्ने खतरा रहेको छ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google