चैत १७ देखि भृकुटीमण्डपमा फ्लोरा एक्स्पो हुँदै, कति लाग्छ प्रवेश शुल्क ?

दर्पण दैनिक १४ चैत्र २०७९,०७:११
post

काठमाडौं । चैत १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा फूलहरुको (फ्लोरा) एक्स्पो हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले ३ दिनसम्म एक्स्पो आयोजना गर्न लागेको हो । आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २४औं फ्लोरा एक्स्पो गर्न लागिएको बताए ।

पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उनको भनाइ छ । उनका अनुसार एक्स्पोमा ६२ व्यवसायिक, ३ ल्याण्डस्केपिङ १० अफिसियल, ३ प्रतियोगिता प्रदर्शनी र २ वटा फूड स्टलसहित ८० स्टल रहनेछ । मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउबिजन लगायत बिक्री कक्षमा राखिने उनले बताए । उनका अनुसार प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुस्कार समेत प्रदान गरिनेछ ।

एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए । प्रदर्शनीमा सरकारको कुनैपनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको उनको भनाइ छ । प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई १ सय र अन्यलाई १५० रुपैयाँ शुल्क तोकिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९