काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका ५ घर भई हाल काठमाडौं तार्केश्वर–८ जरंखु बस्ने वर्ष ३० की पूजा श्रेष्ठ रहेकी छन् ।
पूजाले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्यान्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन् ।
पीडितबाट पटकपटक गरी जम्मा २ लाख १५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकी पूजा श्रेष्ठमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google