काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् । मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् ।
उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे। उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे । उनले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालिन, अल्पकालिन र दीर्घकालिन क्यालेण्डर बनाउन आग्रह गरे ।
उनले मन्त्रालयले क्यालेण्डरअनुसार काम भए/नभएको आवश्यकताअनुसार अनुगमन गर्ने पनि बताए । मन्त्री किराँतीले पशुपतिजस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए । उनले पशुपतिजस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भीर प्रश्न उठेको बताए। उनले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय,अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको उल्लेख गरे । मन्त्री किराँतीले पशुपतिजस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैरआध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google