सातदोबाटोमा छालाको जुत्ता सिलाउने १५ दिने तालिम सुरु

दर्पण दैनिक २९ जेष्ठ २०८०,१५:०७
post

ललितपुर । ललितपुर महानगरपालिका १५ सातदोबाटोमा दलित तथा बेरोजगार युवाहरुलाई १५ दिने छालाको जुत्ता बनाउने तालिम सुरु भएको छ । नेपाल दलित महिला उत्थान केन्द्रको आयोजना र बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगबाट उक्त दलित लक्षित कार्यक्रम सुरु भएको हो ।

सोमबार बाग्मती प्रदेश सांसद रघुनाथ महर्जनले उक्त तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमको बारेमा जानकारी दिँदै नेपाल दलित महिला उत्थान केन्द्रकी अध्यक्ष मैना अछामीले भौतिक विकास निर्माणका कार्यक्रमले मात्र दलित बेरोजगार युवाहरुलाई छुन नसकेको भन्दै आर्थिक आयआर्जनका कार्यक्रम आवश्यक रहेको बताईन ।पूर्व बाग्मती प्रदेश सभा सदस्य समेत रहेकी अछामीले आफूले दलित अधिकार र हकहितको लागि निरन्तर लडिरहँदा कुनै राजनीतिक र अन्य पूर्वाग्रह नराखी अधिकारको आन्दोलनमा लागेको र यही निरन्तरतास्वरुप आफ्नै पहलमा विगतमा पनि ३० लाख बजेटबाट थुप्रै युवा हरुलाई जुत्ता सिलाउने तालिम दिएको स्मरण गरिन ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद रघुनाथ महर्जनले नयाँ पुस्तालाई शिक्षाको अवसर सँगै  स्वरोजगारतर्फ पनि अगाडि बढाउनु पर्ने भन्दै जुत्ता सिलाई कार्यक्रमले आत्म्मनिर्भरताको अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । आत्मनिर्भर र स्वरोजगारका कार्यक्रम स्थानीय तह र वडाहरुले पनि राख्नुपर्ने भन्दै महर्जनले आगामी आर्थिक वर्षको बजेटमा पनि यस्ता कार्यक्रम ल्याउनको लागि विशेष पहल र सहयोग गर्ने महर्जनको भनाई छ ।

सोमबारबाट सुरु भएको तालिममा १५ जना प्रशिक्षार्थी सहभागी छन् । तालिम आगामी असार ११ सम्म चल्नेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: