पाेखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु

दर्पण दैनिक २५ मंसिर २०८०,०७:२२
post

पाेखरा । आइतबार साँझ पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का  र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल छन् ।

पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नं को निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।  - रासस
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: