टर्की पठाइदिने भन्दै एक करोड बढी ठगी गरेकाे आराेपमा सुरुची भुजेल पक्राउ

दर्पण दैनिक ९ आश्विन २०८०,१६:१६
post

काठमाडौं । टर्कीमा भूकम्प पछिको पुनर्निर्माणका लागि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक करोड बढी ठगी गर्ने समूहकी महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोलका ३२ वर्षीय सुरुची भुजेल रहेकी छन् ।

प्रहरीका अनुसार पोखरा–५ लेखनाथ टोल स्थायी ठेगाना भएका वर्ष ४२ का विनोद श्रेष्ठ समेतले सिर्जन कुमार राई समेत ३० जनालाई टर्कीमा गएको भूकम्प पश्चात पुनःनिर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक चौध सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई वैदेशिक रोजगारीको लागी टर्की पठाई दिने भनि रु १ करोड १५ लाख ९९ हजार आठ सय रकम ठगी गरेकोका थिए ।

सो सम्बन्धी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंबाट प्राप्त जाहेरी दरखास्तका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरेको हो ।

असोज ६ गते पोखराबाट पक्राउ परेकी भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन सात दिनको म्याद लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: