राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो

दर्पण दैनिक २९ माघ २०७९,१७:०८
post

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो ।     

बैंकको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागिविभिन्न उप समितिहरु गठन गरिदै आएको छ, केन्द्रीयउप–समितिको संयोजक बैकका सञ्चालकहरु रहने र सदस्यहरुमा सञ्चालक सहित बैंकका सदस्य संघ संस्थाकाप्रतिनिधिहरु रहने व्यवस्थागरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट समिति÷उप–समिति गठन सम्बन्धिनिर्देशन, बैंकको स्विकृत विनियममाभएको व्यवस्थाका आधारमा बैंकको काम कारबाहीलाई प्रभावकारीरुपमा सञ्चालन गर्न, बैंकको तोकिएका उद्देश्य प्राप्त गर्न, बैंकको व्यवसायविस्तार, सदस्य सहकारी संस्थाको विकास तथाप्रवद्र्वनमा सहयोग गर्न उप–समिति गर्ने व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

सञ्चालक समितिले सूचना, सञ्चार, प्रकाशनतथाप्रविधि उप–समितिको संयोजकमा रामबहादुर जिसी,सम्पत्ती शुद्धिकरण अनुगमनउप–समितिको संयोजकमा अमृता सुब्बा, कर्मचारी सेवा सुविधाउप–समितिको संयोजकमापार्वतीथापा, नीतिनिर्माण कार्यक्रम उप–समितिको संयोजकमा केदार मानन्धरलाई चयन गरेको छ । 
    
यस्तै लघुवित्त तथा उद्यम उप–समितिको संयोजकमा महेन्द्र कुमार गिरी, शिक्षा, तालिमतथा सम्मान उप–समितिको संयोजकमा माधवलाल देवकोटा, घरेलु तथा साना उद्योग विकास उपसमितिको संयोजकमा शिवा थापा, लैगिंक समानता उपसमितिको संयोजकमा तारा गुरुङ, व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिको संयोजकमा मनोज कुमार थापा र जोखिम व्यवस्थापन उपसमिति संयोजकमा ध्रुवराज विष्टलाई चयन गरिएको छ । 

सात वटा प्रदेशका तर्फबाट निर्वाचित सञ्चालकहरुलाई प्रदेश प्रतिनिधि
(संयोजक) को जिम्मेवारी दिइएको छ । प्रदेश संयोजकहरुमा प्रदेश नं १ मा महेन्द्रकुमार गिरी, मधेश प्रदेशमा विश्वनाथ मण्डल, बाग्मती प्रदेशमा रामहरि बजगाई, गण्डकी प्रदेशमा रामबहादुर जिसी, लुम्बिनी प्रदेशमा विजया धिताल, कर्णाली प्रदेशमा कालीबहादुर महतारा तथा सुदुरपश्चिम प्रदेशमा शिवा थापा रहेका छन् ।     
केन्द्रीय उपसमितिका सदस्यहरु तथा प्रदेश स्तरीय उप–समितिर शाखा स्तरीय उप–समितिका संयोजक तथा सदस्यहरु बैंकका सञ्चालक तथा सदस्य संघ संस्थाका प्रतिनिधिहरुलाई चयन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । 
    
बैंकको गत पुस १८ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।     

    
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: