
काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा असार २६ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच २०८३ असार २८ गते ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ। समितिले गठन भएको मितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ। सहमतिपत्रमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषय छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा प्रचलित कानुन तथा विगतको अभ्यासअनुसार आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
घटना भएको दिन फिल्डमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ। उनीहरूमाथिको थप कारबाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा गरिनेछ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google