जलविद्युत कम्पनीको आइपिओ र हकप्रद निष्कासनमा कडाइ

दर्पण दैनिक १२ आश्विन २०८०,०८:४७
post

काठमाडौं । जलविद्युत कम्पनीको आइपिओ र हकप्रद सेयर निष्कासनमा कडाइ गरिएको छ । कम्पनीले भौतिक पूर्वाधारको ६५ प्रतिशत काम पूरा भएको प्रमाण पेस गरेपछि मात्रै नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपिओ) जारी गर्न स्वीकृति दिने भएको छ । हाइड्रोपावरको आइपिओ जारी गर्ने र हकप्रद सेयरको व्यवस्थापनको लागि सेबोन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)बीच भएको छलफलले त्यस्तो निर्णय गरेको हो । हाइड्रोपावर प्रवद्र्वकहरूले विद्युत उत्पादनमा ध्यान केन्द्रित गर्नुभन्दा पनि सेयर बजारबाट कसरी बढीभन्दा बढी पुँजीगत लाभ लिने भन्ने विषयमा मात्रै केन्द्रित भएपछि कडाइ गरिएको हो । 


आइपिओबाट संकलन गरेको रकम ऋण भुक्तानीमा प्रयोग गर्ने वा चालु परियोजना सम्पन्न गर्ने प्रयोग गर्ने भन्ने विषयमा सम्बन्धित सञ्चालक समितिको प्रतिबद्धता पेस गर्नुपर्ने र परियोजनाको प्रतिफल (आइआरआर) १२ प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ । इप्पान र सेबोनबीच भएको सहमतिमा हकप्रद निष्कासन प्रक्रियालाई समेत थप व्यवस्थित बनाउने प्रयास गरिएको छ । हकप्रद निष्कासन गर्ने हाइड्रोपावर कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने, विद्युत उत्पादन भइसकेको हाइड्रोपावरलाई मात्रै हकप्रद निष्कासन गर्न दिइनेछ । ऋण चुक्ता गर्न वा थप लगानी गर्न हकप्रद निष्कासन गर्न लागेको हो, सो प्रयोजन खुलाएर मात्रै निवेदन दिनुपर्ने भएको छ । नयाँ परियोजनाको लागि हकप्रद निष्कासन गर्ने सवालमा भने दुई पटकमा रकम उठाउन सक्ने गरी सहमति गरिएको छ ।

त्यसैगरी संस्थापकहरूको लक इन पिरियड खुलाउने सम्बन्धमा विद्यमान व्यवस्थालाई परिमार्जन गरी हाइड्रोपावरले विद्युतको व्यापारिक उत्पादन गरिसकेपछि मात्रै खुल्ने व्यवस्था गर्ने सहमति भएको छ । अहिलेको व्यवस्थताअनुसार सर्वसाधारणको आइपिओ बाँडफाँड भएको मितिले तीन वर्षपछि संस्थापक सेयरधनीले पनि साधारण सेयरधनीसरह सेयर बेच्न सक्ने व्यवस्था छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: