भोजपुर । भोजपुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छिन् ।
विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छिन् । उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन् ।
उनले भनिन्, 'गाउँमा नै बन्दा, काउली, ब्रो-काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएको छु ।'
उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको बताइन् ।
'मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु,' उनले भनिन्, 'यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।'
विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्न सकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् ।
'कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ,' उनले भनिन्, 'तर हामीले व्यावसायिक बन्न सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।'
उत्पादन भएको कृषि उपजको बजारीकरणमा भने समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने राईको भनाइ छ ।
कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनले बताइन् ।
आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देश्यीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।
'हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौं,' उनले भनिन्, 'एकल भएर पनि समाजमा उदाहरणीय काम गरौं भनेर हामी एकजुट भएका हौं । शहकारीमार्फत १४ वटा टनेल निर्माण गरेर तरकारी खेतीको काम भइरहेको छ ।'
उन्नत जातको बिउविजन नपाउँदा भने समस्या हुने गरेको उनको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ । गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उनले जानकारी दिइन् ।
'हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ,' उपाध्यक्ष राईले भनिन्, 'गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौं । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं ।'
किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।
कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईले बताइन् । - रासस





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)





























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google