शुभम पावरको आईपीओ बाँडफाँट, भाग्यमानी ४८,१८८ जनाले शेयर हात पारे

दर्पण दैनिक २७ माघ २०७९,११:३६
post

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रवार बिहान आईपिओ बाँडफाँड बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा यसअघिनै आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपिओमा खरीदका लागि कुल १२ लाख ७५ हजार ४२१ जनाको आवेदन प्राप्त भएको थियो । 

कुल आवेदकहरूबाट करोड ३८ लाख ४७ हजार ५७० कित्ता शेयर खरीद माग भएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये ३ हजार ५८७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट १२ लाख ७१ हजार ८३४ जना योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएको थियो । यसमध्ये भाग्यमानी ४८ हजार १८८ जना आवेदकले शेयर हात पारेका छन् । यी मध्येपनि भाग्यमानी २ जनाले थप एक कित्ता शेयर गरी कुल ११ कित्ता शेयर हात पारेका छन् । 

यस कम्पनीले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड पछि  कर्मचारीलाई ११ हजार ६१० कित्ता छुट्याएर  ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्बसाधारणमा विक्री गरेको थियो । 

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ यस आयोजनाको कुल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post