प्रेस चौतारी नेपाल ललितपुरले मनायो २६औँ स्थापना दिवस

सन्तोष दहाल २८ असार २०८२,०९:२६
post

सन्तोष दहाल, ललितपुर । नेकपा एमालेको जनवर्गीय प्रेस संगठन प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले आफ्नो स्थापनाको २६ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार एमाले ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा संगठनका केन्द्रिय अध्यक्ष गणेश पाण्डे सहितका केन्द्रिय पदाधिकारीहरु र पार्टी नेताहरुको भव्य उपस्थितिमा शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको हो । 

२०५७ साल असार २७ गते ललितपुरमा प्रेस चौतारी  नेपाल स्थापना भएकोमा शुक्रवार २६ औँ वार्षिकोत्सब मनाईएको संगठनका अध्यक्ष नवीन लुईँटेलले बताए । उनका अनुसार तत्कालीन समयमा चौतारीको संस्थापक अध्यक्षमा कपिल घिमीरे , सचिवमा रामकृष्ण हुँमागाई , सदस्यमा बद्रि संजेल लगायत रहेका थिए । वार्षिकोत्सब कार्यक्रममा संस्थापक अध्यक्ष कपिल घिमिरे पनि सहभागी थिए । उक्त कार्यक्रममा स्थापनाकालीन विगतको स्मरण गर्दै घिमिरेले आफू गोरखापत्रको मधुपर्कको सम्पादकको रुपमा कार्यरत रहँदा प्रगतिशील पत्रकारहरुको हकहितको लागि जिल्लामा प्रेस चौतारीको आवश्यकता महसुस गरी संगठन स्थापना गरिएको बताए । साथै २६ वर्षपछी पनि आफूलाई सम्झिएर विशेष कार्यक्रममा निम्तो गरेकोमा वर्तमान कार्यसमितीलाई घिमिरेले धन्यवाद ज्ञापन गरे ।

घिमिरेले तत्कालीन समयमा हालका शिक्षा मन्त्री रघुजी पन्त , तत्कालिन ललितपुर एमालेका प्रचार विभाग प्रमुख रमेश सिलवाल , पूर्व सांसद मिठ्ठाराम शर्मा लगायतको पहलमा ललितपुरमा चौतारी स्थापना भएकोसमेत स्मरण गरे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले ललितपुरमा पार्टीको प्रचार र हरेक तहका चुनावी अभियानहरुमा प्रेस चौतारीको भूमिका सम्मा गर्न लायक रहेको भन्दै सङ्ख्यात्मक रुपमा कम सदस्य रहेको भए पनि प्रेस चौतारी काम गर्ङ हिसाबमा अत्यन्तै अनुकरणीय रहेको चर्चा गरे । उनले चौतारीमा आबद्ध पत्रकारहरुलाई निर्भीक र निडर भएर पार्टीमाथी पछिल्लो समय भईरहेको प्रहारको विरुद्धमा कलम चलाउन समेत आग्रह गरेका छन् ।

चौतारीका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले २६ वर्ष पूरा गरेकोमा चौतारी ललितपुरलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले जिल्लाको चौतारीमा आबद्ध पत्रकारहरुलाई टिक्ने वातावरण बनाउन पार्टी र जिल्ला प्रचार विभागलाई आग्रह समेत गरे । साथै पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको बढ्दो अराजकताले को पत्रकार हो र को कन्टेन्ट क्रियटर हो भन्ने द्विविधा सिर्जना गरेको भन्दै पाण्डेले पार्टीको आधिकारिक लाईनको पक्षमा कलम चलाउन आग्रह गरे । उनले यस वर्षलाई चौतारीले प्रशिक्षण वर्षको रुपमा मनाईरहेकोले जिल्लामा पनि प्रशिक्षण, क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । 

वार्षिकोत्सब कार्यक्रममा प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा ललितपुर जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्य, विभाग प्रमुख उपप्रमुख हरुलाई बधाई पत्रद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा चौतारीका पदाधिकारी सहित एमाले केन्द्रिय सदस्य तथा ललितपुर इन्चार्ज हरिकृष्ण व्यन्जनकार, ३ नं क्षेत्रीय इन्चार्ज बाबुराम थापा, बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बाग्नती प्रदेशसभाका एमाले सचेतक मधुसूदन पौडेल, सांसद रघुनाथ महर्जन लगायत जिल्ला र प्रदेश तहका नेताहरुको उपस्थिति रहेको थियो  ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: