
काभ्रे । तेमाल गाउँपालिका ७ सिङदान डाँडामा नेपाल टेलिकमको टावर निर्माण भएको छ ।
पालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको पहलमा नेपाल टेलिकमको टावर निर्माण भएको हो । निर्माणको कार्य नेपाल टेलिकमले नै गरेपनि अध्यक्ष तामाङले एक वर्ष अगाडि पहल गरेका थिए ।
विगत लामो समयदेखि टेलिफोनको नेर्टवर्क नभएर समस्यामा भएका स्थानीय टावर निर्माण पश्चात खुसी भएका छन् । निर्माणाधिन टेलिकमको टावर गाउँपालिका अध्यक्ष तामाङले अनुगमनसमेत गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google