नेशनल होर्टिकल्चर एक्स्पो सुरु, चार विधाका नर्सरीकाे प्रदर्शनी एकैठाउँमा

दर्पण दैनिक १६ चैत्र २०८०,१३:४५
post

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा नेपालमै पहिलो पटक नेशनल होर्टिकल्चर एक्स्पो २०८० (वागवानी मेला) सुरू भएकाे छ । भृकुटीमण्डपमा आजदेखि सुरू भएकाे एक्स्पाे १९ गतेसम्म सञ्चालन हुनेछ । नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाका अनुसार एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि चार विधाका विरुवा तथा फूल प्रदर्शनीमा राखिने छन् । पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिएको तिमिल्सिनाले बताए । उनले भने, ‘मेलामा विभिन्न प्रजातीका फूल फल्ने तथा नफल्ने आलंकारीक फल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफल नर्सरी बाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिएका छन् ।’


एक्स्पोमा ७८ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल र अफिसियल ८ वटा गरि ९० वटा स्टल रहने नर्सरी व्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा यो एक्स्पोका संयोजक रामजी कुँवरले जानकारी दिए । उनले भने, ‘साथै मलखाद, अर्गानिक एवं रसायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेका छन् । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले विश्वास लिएका छौं ।’ एक्स्पोमा जडिबुटी नर्सरीको ६५० भन्दा बढि प्रजातीका विभिन्न वनस्पतीहरुको प्रदर्शनी तथा विक्री गरिने उनले बताए । साथै नर्सरी व्यवसाय गर्न आवश्यक ग्रिन हाउस प्रविधि, औजार उपकरण, प्लास्टिक मेटेरियल, मलखाद, विउ विजन साथै नमुना वगैंचा, ट्राफिक आइल्याण्डहरु प्रदर्शनीमा राखिएकाे उनले जानकारी दिए ।

एक्स्पोमा कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा प्रवेश शुल्क १०० रुपैँया र विद्यार्थी र वृद्धाका लागि भने ५० रुपैँया तोकिएको छ । एक्स्पो आयोजना गर्नलाई थाइल्याण्डको सीड कम्पनी आगा, नेपाल टेलिकम, वनस्पती विभाग, पुष्प विकास केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि मन्त्रालय, राष्ट्रिय वीउ विजन केन्द्र, प्लानट क्वारेन्टाइनलगायतको सहयोग रहेको छ ।

ग्राहकले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफुँले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले यो मेला सञ्चालन गरिएको संस्थाका कार्य समिति सदस्या तथा नर्सरी व्यवसायी विराज खड्काले बताए ।नेपालमै पहिलो पटक हुन लागेको होर्टिकल्चर एक्स्पोमा देशभरिका नर्सरी व्यवसायीहरुको अभूतपूर्व जमघट हुनुको साथै सम्पूर्ण नर्सरी क्षेत्रको विज्ञ तथा प्राविधिकहरुसँग प्रत्यक्ष भेटघाट हुने विश्वास रहेको खड्काले बताए । यो एक्स्पोमा पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरीको व्यावसायिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने तथा नर्सरी व्यवसाय सम्बन्धी सघन जानकारीसमेत दिइने उनले उल्लख गरे । 

मानव र प्रकृतिबीचको सद्भाव कायम गर्न र वातावरण र प्राकृतिक विविधताको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई जोड दिन सन् १९६० मा पहिलोपटक बागवानी प्रदर्शनी सुरु भएको थियो, जसलाई अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी भनिन्छ । सन् १९६० मा, नेदरल्याण्डमा रोटरडम अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी नामको पहिलो बागवानी प्रदर्शनी १९६० मार्च २५ देखि अक्टोबर २५ सम्म आयोजना गरिएको थियो । सोही मितिबाट बागवानी प्रदर्शनी सुरु भएको बताइन्छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालबाट केही व्यवसायी अलग भएर नर्सरी व्यवसायी संघ दर्ता गराएका थिए । पुष्पलाई मात्र केन्द्रमा नराखी जडिबुटी, बनस्पतीलगायत चारवटा विधालाई समेटने गरि नर्सरी व्यवसायी संघ खोलिएको अध्यक्ष तिमिल्सिनाले बताए । २०८० असोज ५ गतेको नर्सरी व्यवसाइीरुहको भेलाले नयाँ संस्था गठन गर्ने भनेर सहकति गरेसँगै असोज १५ गते विधिवतरुपमा यो संस्था दर्ता भएको थियो । दर्ता हुने वित्तिकै नर्सरी व्यवसायी संघले तिहार फ्लोरा एक्स्पो आयोजना गरेको थियो । भृकुटीमण्डपमा पाँच दिनसम्म संचालन भएको, तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० मा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको थियो । ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष तिमिल्सिनाले बताए ।

बागवानी (होर्टिकल्चर) वनस्पति विज्ञानको अध्ययनलाई समेट्ने पुरानो कला र विज्ञान हो । यो विभिन्न प्रकारका बिरुवाहरूको खेती, पालन, उत्पादन र व्यवस्थापनका साथै तिनीहरूको संरक्षण र प्रवद्र्धनका लागि व्यापक क्षेत्र मानिन्छ । उच्च गुणस्तरको फलफूल, तरकारी, फूल र अन्य बोटबिरुवाको उत्पादनलाई प्रवद्र्धन गर्नु बागवानीको प्राथमिक उद्देश्य हो । यसले सामाजिक र सांस्कृतिक प्रयोगका लागि खाना, लत्ताकपडा र महत्वपूर्ण स्रोतहरू प्रदान गर्दछ । यसका अलावा बागवानीमा बीउ, मल, कीटनाशक र बागवानी औजारको विकास र प्रयोग पनि महत्वपूर्ण हुन्छ । बागवानी विभिन्न तरिकामा गर्न सकिन्छ, जस्तैः बगैंचा, बगैचा, फलफूल र तरकारी खेती, तरकारी उत्पादन र बिरुवाहरुको प्राविधिक निर्देशिका बनाउन । बागवानीको अध्ययनले प्राकृतिक स्रोत, खाद्य सुरक्षा, वातावरण संरक्षण र अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: