काठमाडौं । ललितपुरको गोदावरी ३ मा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्थामा नयाँ सञ्चालक समिति चयन भएको छ । सहकारी संस्थाको १७ औं साधारण सभाले देवराज गिरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा लक्ष्मी विष्ट, सचिवमा शर्मिला आचार्य, कोषाध्यक्षमा दिपा खत्री र सदस्यहरुमा हरिकृष्ण सार्की, कर्ण बहादुर कार्की र श्याम बहादुर पौडेल चयन भएका छन् ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामहरी खड्का चयन भएका छन्, भने सदस्यमा गणेश नगरकोटी र मिलन शामी चयन भएका छन् ।
संस्थाको १७औं सञ्चालक समितिको निवार्चन सहितको वार्षिक साधारण सभा शनिवार गोदावरी पार्टि प्यालेस, टौखेलमा सम्पन्न भएको हो । साधारण सभाले संचालक समितिको प्रतिवेदन, लेखासुपरिक्षण समितिको प्रतिवेदन, आव ०७९/०८० को लेखापरिक्षण प्रतिवेदन, आव ०८०/०८१ को प्रस्तावित बजेट तथा कार्यकम पारति गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google