काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबार नेपाली बजारमा पनि भाउ घटाउने निर्णय गरेको हो । जसअनुसार यसअघि १७९० रुपैयाँ कायम रहेको एक सिलिन्डर ग्यासको भाउ आज मध्यरातदेखि १६६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।