सामसङको नयाँ फोन एम१४ एलटीई बजारमा, यस्ताे छ मूल्य र विशेषता

दर्पण दैनिक ८ बैशाख २०८१,१०:०५
post

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम१४ एलटीई सार्वजनिक गरेको छ । नयाँ फोनमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू रहेका छन् । 


फोनमा एफ१.८ लेन्ससहितको शक्तिशाली ५० एमपी ट्रिपल क्यामेरा सेटअप, १३ मेगापिक्सेलका फ्रन्ट क्यामरा छ । यसमा बलियो ५००० एमएएच ब्याट्री र २५ वाटको द्रुत चार्जिङ सुविधा छ । फोनमा अत्याधुनिक क्वाल्कम स्न्यापड्रागन ६८० अक्टा–कोर प्रोसेसर पनि छ । फोनले ६ जीबीसम्मको र्याम, र थप ६ जीबी भर्चुअल र्यामको सुविधा दिएको छ । 

यसमा ६.७’ पीएलएस एलसीडी इन्फिनिटी यू डिस्प्ले छ। फराकिलो स्क्रिनले टेक–प्रेमी जेन–जेट र मिलेनियल प्रयोगकर्तालाई सोशल मिडिया फिडहरूमार्फत स्क्रोलिङलाई सरल बनाउने कम्पनीको भनाइ छ । 


एम१४ एलटीईमा एन्ड्रोइड १३ प्लेटफर्ममा बनेको वान यूआई ५.१ कोर सुविधा छ। यसका लागि कम्पनीले दुई पुस्तासम्म ओएस अपग्रेड र ४ वर्षको सुरक्षा अपडेटको सुनिश्चितता गरेको छ । 

यो फोन निलो र गाढा निलो रंगमा उपलब्ध छ । यसको ४/६४ जीबीलाई १६ हजार ९ सय ९९ र ६/१२८ जीबीलाई २१ हजार ९ सय ९९ मूल्य तोकिएको छ । यो मोडेल देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: