यस्तो छ तिहारका मुख्य ४ दिनकाे मौसम पूर्वानुमान

दर्पण दैनिक ३ कार्तिक २०८२,०८:०२
post

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तिहारका मुख्य ४ दिन मौसम कस्तो होला भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ । तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा (कात्तिक ३) देखि भाइटीका (कात्तिक ६) सम्मको सम्भावित मौसमबारे जानकारी गराएको हो ।


यस्तो छ मौसम पूर्वानुमान:


यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे तापनि पश्चिमी वायुको सामान्य  प्रभावले देशका पहाड भेगमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको समेत सम्भावन छ।

कार्तिक ३ (लक्ष्मीपूजा): देशका पहाड भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ४ (औँसी): देशका पहाड भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ५ (गोवर्धन पूजा ): देशको पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना छ।

कार्तिक ६ (भाइटीका): कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सबै प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा  हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: