पाटनमा अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी सुरू : १० देशका कलाकारले कोरेको चित्र हेर्न पाइने

सन्तोष दहाल १९ आश्विन २०८०,०७:५९
post

सन्तोष दहाल, ललितपुर । ललितपुरको मङ्गलबजार स्थित पाटन सङ्ग्रहालयमा तेश्रो अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी- २०२३ को शुभारम्भ गरिएको छ । योङ पिकासोको आयोजनामा सुरु भएको प्रदर्शनी बिहीबार पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवाली तथा नेपालका लागि श्रीलंकाली राजदूत बिएन दिल्मिनीले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका हुन् ।

नेपालसँगै अन्य दश देशका कलाकारले कोरेक जीवन्त तस्वीरलाई प्रदर्शनीमा राखिएको छ । जसमा इजरायलबाट हाना बराक एञ्जेल, क्रोएसियाबाट आइरिस पोल्जान, मोक्सिकोबाट जुलियाटा ओर्टेगा र मार्गरिटा चाकोन, जर्मनीबाट मारी तेराउची, नेदल्याण्डबाट ओर्टेगा आल्टामिरानो, जापानका रेको सिमिजु, श्रीलंकाबाट अचला गुणवर्धना र सुदथ अवयशेखरा, फिनल्याण्डबाट टेपो कार्टे, इंल्याण्डबाट क्रिष्टोफोर बोन आदि रहेका छन् ।


यसैगरी नेपाली चित्रकारहरुमा राधेश्याम मुल्मी, गोविन्दलाल सिंह डंगोल, हरीप्रसाद बैद्य, श्यामकृष्ण महर्जन, राजेश महर्जन, बालकिशोर चौधरी, रिया बज्राचार्य, प्रिन्स महर्जन, सूर्य दुतराज, अजय देशार, सितु मास्केका चित्रहरु प्रदर्शनीमा रहेका छन् ।

उक्त अवसरमा चित्रकार अजय देशारद्वारा लिखित तथा पत्रकार बालमुकुन्द आचार्यद्धारा सम्पादित चित्रकलासम्बन्धी पुस्तक 'द इसेन्स अफ आर्ट' विमोचन गरिएको छ । पुस्तकको विमोचन प्रमुख अथिति प्रदिप ज्ञवाली, विशेष अतिथि राजदूत बिएन दिल्मिनी दिल्मिनी, नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरदमछाली तथा गोदावरी नगरपालिका नगरप्रमुख गजेन्द्र महर्जनले गरेका हुन् ।


यसैगरी वरिष्ठ साहित्यकार प्रेमनाथ अधिकारी, पाटन संग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखे, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम, वरिष्ठ शिक्षाकर्मी डा. विनोद यादव, साहित्यकार आरसी न्यौपाने, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष, मनोज बाबु न्याछ्यो, वरिष्ठ चित्रकार राधेश्याम मुल्मी, शिक्षाकर्मी विएस क्षेत्री, समाजसेवी अजरमान जोशी आदि विमोचनमा सहभागी रहेका थिए ।


कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली कला क्षेत्रमा नेपाली विविधताको छाप रहेकोले चित्रकला नेपाली विविधतालाई अन्य देशको विविधतासँग जोड्ने माध्यम बनेको विचार व्यक्त गरे ।नेपालको भूबनोट देखी नेपाली भौगोलिक सांस्कृतिक चरित्रको विषयमा बोल्दै ज्ञवालीले कला क्षेत्रका लागि विश्वभरका देशहरुसँग सास्कृतिक आदानप्रदान आवश्यक रहेकोमा योङ पिकासोले एक इट्टा थपेको चर्चा गर्नुभयो । साथै नेपालको विविधता नै नेपालीको पहिचान भएको उनको भनाई थियो ।


नेपालका लागि श्रीलकांली राजदूत बिएन दिल्मिनीले नेपाली कलाकारको र भेषभूषाबाट आफु प्रभावित रहेको बताइन । राजदूत दिल्मिनीले सबै कलाकारसँग लामो अन्तरंग गर्न चाहेका जानकारी दिदैं चित्रकारहरुसँग छुट्टै भेटघाट सहित कलाका विषयमा छलफल गर्न प्रदर्शनीमा छुट्टै आउने भाव व्यक्त गरेकी छिन ।


नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरदमछालीले कलाको विकासको लागि प्रतिष्ठान लागिरहेकोमा पिकासो जस्ता संस्थाले गरको कार्यले नेपालका कलाको विकासका लागि ठूलो भूमिका खेलेको चर्चा गरे।


शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतमले नेपाली कलाकारको क्षमता उच्च रहेको विषयमा चर्चा गर्दै परिवारबाटै कलाको क्षेत्रमा लाग्न उप्रेरित गर्नुपर्ने बताए ।


पत्रकार तथा पुस्तकका सम्पादक बाल मुकुन्द आचार्यले ३ बर्षपछिको मिहिनेतपश्चात् पुस्तक तयार भएको जानकारी दिए। चित्रकलामा आउँदै गरेका नवचित्रकारहरु लक्षित पुस्तकमा चित्रसम्बन्धी विभिन्न आयामका विषयमा बस्तुगत रुपमा सहज भाषामा बर्णन गरिएका आचार्यले बताए ।


चित्रकार अजय देशारले लामो तयारीपश्चात् तेश्रो अन्तर्राष्ट्रिय प्रदर्शनी सम्भव भएको बताए। अघिल्लो प्रदर्शनीमा दक्षिण एसियाका चित्रकारहरु सहभागी भएकोमा यसपल्ट यूरोप र एसियाका कलाकारहरुको बाक्लो जमघट भएको उनको भनाई छ । यसैगरि देशारले पुस्तकका सन्दर्भमा पुस्तकमा विदेशी र नेपाली गरि २० जना चित्रकारका चित्रहरु समेटिएको जानकारी दिएका छन् । ५ दिनेसम्म चल्ने प्रदर्शनी आगामी असोज २२ गते समापन हुनेछ ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: