डडेल्धुरामा सुरक्षित गर्भपतनबारे दृष्टी फेरीदै

ममता भट्ट २९ बैशाख २०८०,०७:३२
post

ममता भट्ट । डडेल्धुरा जिल्लाको ग्रामिण क्षेत्रमा सुरक्षित गर्भपतनबारेको दृष्टी फेरीदै गएको छ । विभिन्न गामिण वस्तीहरुमा केही वर्ष आगाडीसम्मको गर्भपतन सम्वन्धिको बुझाई र अहिलेको दृष्टी फेरीदै गईरहेको स्थानीयहरुले बताउदै आएका छन् । गर्भपतन गर्नेहरुलाई विभिन्न नजरले हेर्ने समुदाय पछिल्लो समयमा सुरक्षित गर्भपतन गर्नका लागि अभिप्रेरित भईरहेको छ । सुरुमा गर्भपतन गर्ने जोसुकैलाइृ पनि ग्रामिण क्षेत्रसगैं वजारमा पनि कुदृष्टिले हेर्ने, विभिन्न लालच्छाना लगाउने, नराम्रो दृष्टीले तिरष्कार गर्ने जस्ता कार्यहरु हुने गर्दथे ।

तर पछिल्लो समय बिभिन्न संघसस्थाहरुले जिल्लाका विभिन्न ग्रामिण भागमा सुरक्षित गर्भपतन सम्वन्धिका भिबिन्न सचेतनामुलक  कार्यक्रम लागु भएपछि सो सम्वन्धि नकारात्मक भावना हराउदै गएको सुरीक्षित गर्भपतन सेवा प्रादायक चेतना ओझाले बताइन् । अहिले गा्रमिण भेगमा पनि सुरक्षित गर्भपतन गराउने महिलाको सख्यामा बृद्धि भएको सेवाप्रदायक ओझाको भनाई छ ।

सुरक्षित गर्भपतन निशुल्क रुपमा हुन थाले पछि र समुदायमा गर्भपतनका वारेमा महिलाहरुलाई सचेतना गराए पछि र महिलाहरु आफैले पनि समुह समुहमा छलफल गर्न थालेपछि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सख्यां वृद्धि भएको स्थानीय स्वास्थ्यकर्मी वताउछन । डडेल्धुराको भागेस्वर र नबदुर्गामा सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना पनि सचांलनमा आएपछि विभिन्न समुदायमा सामाजिक अगुवाहरुको पहलमा सामुदायिक सवांद, अन्तरक्रिया  तथा बिभिन्न सतेनामुलक कार्यक्रमहरु सञ्चांलन गरेको जनाएका छन् । जसवाट त्यहाँका नागरिक सचेत भएका छन् । यी यस्ता बिभिन्न कार्यक्रमले सुरक्षित गर्भपतन सम्वन्धि धारणामा प्रत्यक्ष रुपमा परिवर्तन आएको सामुदायिक अगुवा तृप्ती शाहीले बताइन् ।

सो भावनामा परिवर्तन ल्याउन र उनीहरुको सोचमा सकारात्मक विचार पैदा गर्न समुदायमा विभिन्न क्रियाकलापहरु सञ्चांलन गरेको जनाएका छन् । पालिकाका ५ ओटै वडा अन्तर्गतका समुदायमा सुरक्षित गर्भपतन सम्वन्धि पटक पटक सडक नाटक, समुह समुहमा छलफल रेडियो मार्फत सो सम्वन्धि सन्देश प्रसारण गरि जनचेतना प्रदान गरिएको नागरीक अगुवा बिष्णु भट्टले बताए ।

सुरक्षित गर्भपतन सम्वन्धि बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमले समुदाय र सहभागीलाई गर्भपतन सम्वन्धि सकारात्मक बुझाइृ रहेको र जसका कारणले सुचिकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा बृद्धि भएको तथा गर्भपतन सेवा प्रभावकारी बनिरहेको भागेस्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर साहुले बताए ।

उनले भने, ‘अहिले पालिकाका महिलाहरु सचेत भएका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई समेत तालिम दिएर दक्ष बनाएका छन् । बिभिन्न समुहहरुमा धेरै किसिमका तालिम गोष्ठी, छलफल गरेर सचेतना फैलाउदै आएका र स्थानीय जनप्रतिनिधीलाई पनि कार्यक्रमहरुमा सहभागि गराउदै आएकोले यी यस्ता परीयोजना पालिकामा आवश्यक रहेको उनले बताए । पालिकामा अहिले ४ वडामा सुरक्षित गर्भपतनसेवा संञ्चालनमा रहेको पनि स्वास्थ्य शाखा प्रमुख साहुले बताए ।

डडेल्धुरा जिल्लामा २२ वटा स्वास्थ्य सस्थामा निःशुल्क सेवा दिदै आएको र १० हप्ता सम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुनेछ । १२ हप्ता सम्मको डडेल्धुरा अस्पताल डडेल्धुरामा र परसुरामको जोगबुडा अस्पतालमा यो सेवा उपलव्ध छ । महिलाहरु खुलेरै गर्भपतन गराउन जाने र अरुलाई पनि सल्लाह दिने गरेको पाइन्छ ।

 

किसोरी र आमाहरु मिलेर सचेतना फैलाउदै ग्रामिण क्षेत्रमा

भागेस्वर गाउँपालिका डडेल्धुराकी पुष्पा टमाटाले अहिले छाउपडी, अस्थाई साधनको प्रयोग, सुरक्षित गर्भपतनको बारेमा राम्रोसँग थाहा पाएको बताईन । उनी २३ बर्षकी भइन् । अहिले किशोरी तथा महिलाहरुसित मिलेर गाउँमा यौन तथा प्रजनन् स्वास्थ्यबारे महिलाहरुलाई आफूले जानेका कुरा सिकाउने र सिक्ने गरीरहेको उनले बताईन् । उनले जलवायु परिवर्तन, असुरक्षित गर्भपतन, परिवार नियोजनका तरिकाबारे विभिन्न छलफलहरु ग्र्ने गरेको बताइन् । 

उनले भनिन्, ‘आइपास र सिडिएफ नेपालले सहयोग गरेपछि गाउँका महिलालाई सुरक्षित गर्भपतनबारे सिक्न सहज भएको छ । हामीसबै दिदिबहिनी मिलेर असुरक्षित गर्भपतन गर्दा के के समस्या हुन्छ ? सुरक्षित गर्भपतन सेवाका फाइदाबारे छलफल गर्ने गरेका छौं ।’

उनले पहिला पहिला गाउँमा जडीबुटीबाट पनि असुरक्षित गर्भपतन गरेको देखेको बताइन् । असुरक्षित गर्भपतनका कारण कतिपय ज्यानै गुमाउनु परेका घटना देख्दा अहिले पनि उनको मन पोल्छ । आफ्नै घरमा आमाले गर्भरोक्न र गर्भपतन गर्न जडीबुटी सेवन गर्दा पाठेघर गुमाउनु परेको हिमा सुनाउँछिन् ।

सामाजिक अगुवा महिला रिमाले टेलरले गाउँका महिलाहरुलाई महिनामा दुई पटक भेला हुन खबर गर्छिन । महिलाहरू जम्मा भएपछि उनीहरुका भोगाई र अहिलेको सुविधाबारे कुरा हुन्छ । ‘गर्भपतन सम्बन्धी कतिपय महिलाहरूको धारणा फरक फरक छ। कतिपयले गर्भपतन गर्नु पाप हो भन्ने पनि गर्छन्,’ उनले भनिन् ।

रिमा जस्तै अन्य धेरै महिला र किशोरीहरूले गाउँ–गाउँमा प्रजनन् स्वास्थ्यबारे सिकाउने गर्छन् । गाउँभरिका महिला जम्मा पारेर एक ठाउँमा राख्छन् अनि आफूले जानेका कुरा भन्छन् । कति महिलाहरूले प्रश्न सोध्छन् उनीहरू उत्तर दिन्छन् । यस्तो कक्षा उनीहरूले महिनामा एक दुई पटक गर्छन् ।
सुरू सुरूमा उनीहरूले गाउँभरिका महिलालाई भेला पार्न गाह्रो हुन्थ्यो । धेरै आउँदा पनि आउन्नथे । जति आउँथे त्यतिलाई उनीहरूले सिकाउँथे । आफ्नो काम लाग्ने कुरा सिकाउने रहेछन् भनेर उनीहरूले नै सायद अरूलाई पनि सूचना दिए । त्यसपछि वैठकमा आउने महिलाहरूको संख्या बढ्न थाल्यो ।

अहिले त एउटा छलफलमा उनीहरू महिनावारी भएमा कसरी सफा राख्ने, महिनावारी कसरी र किन हुन्छ भन्नेबारे आफूले जानेका कुरा अरूलाई सिकाउँछन् । गर्भ निरोधका उपाय के–के हुन्छन् । कुन–कुन विधिबाट गर्भनिरोध गर्न सकिन्छ भन्ने पनि उनीहरू महिलालाई सिकाउँछन् । त्यस्तै कति वर्षको उमेरमा विहे गर्न मिल्छ, छिटो विहे गर्दा महिलालाई के–के बेफाइदा हुन्छन्, कति वर्षसम्म यौन सम्पर्क राख्न पाइन्न जस्ता कुरा उनीहरूको छलफलमा महिलाहरूले जान्न पाउँछन् ।

सुरक्षित गर्भपतन गर्ने डडेल्धुरा जिल्लाको सातवटै स्थानीय तहको तथ्याकं  हेर्दा गत आर्थिक बर्ष २०७७/८७ मा १२ सय ६१, २०७८/७९ को १२ सय २३ रहेको छ, भने आर्थिक बर्ष २०७९/८० को चैत्र सम्म मात्रै ७ सय ४५  रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले बताएको छ । 

डडेल्धुराको ५२ वटै वडाको पाईक पर्नेठाउँ गरेर २२ वटा स्वास्थ्य संस्थामा सेवा उपलब्ध छ । सात ओटा स्थानिय तहको सबै बर्थिङ सेन्टर सेवा बिस्तार गर्ने योजना भएपनि तालिम प्राप्त स्वास्थ्यकर्मी र तालिमको लागि अभाब भएकोले सेवा बिस्तार गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाईजर भवान सिंह कुँवरले बताए ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा गर्भपतन गर्न सकिने व्यवस्था छ । गोपनियता अपनाएर सुरक्षित ढंगले गर्भपतन गराउन सकिने व्यवस्था छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, जबर्जस्तीकरणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलांक बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था रहेको छ । कानूनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था रहेको छ । त्यस्तै प्रचलित कानूनले भ्रूणको लिंग पहिचान गरि सोको आधारमा गरिने गर्भपतनलाई पनि अपराध मानेको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

डा. रुइत जन्मभूमि फर्किँदा...

२४ फाल्गुन २०७९,०७:५०
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: