
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले बैङ्कको कर्मचारी भन्दै सर्वसाधारण तथा सेवानिवृत्त कर्मचारीहरूलाई ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । ब्युरोले चितवन प्रहरीको समन्वयमा चितवनबाट उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो ।
पक्राउ पर्नेहरूमा बारा देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जय कुमार केवट, सोही ठाउँको वडा नं. १७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सर्वसाधारणलाई फोन तथा ह्वाट्सएप (WhatsApp) मा सम्पर्क गरी 'बैङ्कको KYC Update गर्नुपर्ने' भन्दै प्रलोभन वा त्रास देखाउने गरेका थिए। उनीहरूले मोबाइलमा 'स्क्रिन सेयर' (Screen Share) गर्न लगाई वा सोझै OTP कोड मागेर पीडितहरूको बैङ्क खातामा पहुँच पुर्याउने र रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेका थिए ।
विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी ठगी भइरहेको सूचनाका आधारमा प्राविधिक विश्लेषण गरी उनीहरूलाई गत साउन ३१ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google