
काठमाडौँ । सरकारका २ वटा कोषमा मात्रै सहयोग रकम जम्मा गर्न प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले अपिल गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सचिवालयले जारी गरेको अपिलमा भोटेकोसी बाढी पीडितका लागि विभिन्न व्यक्ति, समूह तथा संस्थाले सहयोग संकलन गरिरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ। अनधिकृत रुपमा सहयोग रकम संकलन नगर्न आग्रह गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कुनै पनि व्यक्ति, समूह वा संस्थालाई सहयोग नगर्न आम नागरिकलाई प्रधानमन्त्रीको सचिवालयले अनुरोध गरेको छ । ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।
बाढी पीडितका लागि सहयोग गर्दा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको खाता नम्बरमा मात्र सहयोग गर्न आग्रह गरिएको छ। यीबाहेकका अन्य खातामा सहयोग नगर्न प्रधानमन्त्रीको सचिवालयले सचेत गराएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणहरू निम्न अनुसार छन् ।’















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google