
सोलुखुम्बु । जनता समाजबादी पार्टी सम्वद्ध समाजबादी स्वास्थ्यकर्मी फोरम सोलुखुम्बु जिल्लाको दोश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ। शनिबार फाप्लुमा सम्पन्न अधिबेशनले ल्हेमी लामाको अध्यक्षतामा ११ सदस्यीय समिती निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा राम उदगार कामैत, सचिवमा वीरेन्द्र शाह, कोषाध्यक्षमा शिवन ठाकुर र सह-सचिव वीरबल तामाङ निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा इङ्कुमारी मगर, मिना श्रेष्ठ, रमिता श्रेष्ठ, फुडोमा शेर्पा, उर्मिला राजभण्डारी र सोनि राई रहेका छन् ।
पार्टीका राजनीतिक समिति सदस्य जुद्ध ढाक्रेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्लाका उपाध्यक्ष अम्बर बहादुर विश्वकर्मा, जिल्ला कोषाध्यक्ष प्रेम नेम्वाङ लगायतको उपस्थिति रहेको थियो।




















































.jpg)
























.jpg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google