हिमालयन गुगे नेपालले लिखुपिके गाउँपालिकाकाे भकान्जे स्वास्थ्य चौकीको  एम्बुलेन्सकाे लागि आर्थिक सहयोग गर्ने

दर्पण दैनिक १३ भाद्र २०८२,१३:०७
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जे स्वास्थ्य चौकीको लागि एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । उक्त एम्बुलेन्स सेवा हिमालयन गुगे नेपालको आर्थिक सहयोगमा उपलब्ध हुने भएको हो । हिमालयन गुगे नेपालका कार्यकारी निर्देशक टासी फिन्जो, सुष्मा गुरुङ र वडा अध्यक्ष ङिमाछिरी लामा लगायतका व्यक्तिहरुको उपस्थितिमा बैठक बसी आर्थिक वर्ष २०८२/०८३ भित्र नै एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको हो । 

त्यस्तै वडाको तर्फबाट वडाध्यक्ष ङिमाछिरी लामाले मागपत्र प्रस्तुत गरेका थिए । सोही मागपत्र प्रस्तुत गरेसँगै हिमालयन गुगे नेपालका तर्फबाट एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता गरिएको जानकारी प्राप्त भएको छ । 

यो खबरसँगै वडावासीहरुले आपतकालीन अवस्थामा एम्बुलेन्स नपाउने तथा चर्को मूल्य तिर्नुपर्ने लगायतका समस्याबाट मुक्त हुने अपेक्षा गरेको वडा अध्यक्ष ङिमाछिरी लामाले दर्पण दैनिकलाई बताए । 

त्यस्तै अध्यक्ष लामाले भने 'एम्बुलेन्स सहयोग गर्नु भएकोमा हामी सम्पूर्ण वडाबसीको तर्फबाट हिमालयन गुगे नेपालको कार्यकारी निर्देशक टाँसी फिनजो सर र उहाँको श्रीमती सुष्मा गुरुङलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।'

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: