तेमाल गाउँपालिकामा सञ्चालित आँखा शिविरमा उत्साहजनक सहभागिता

दर्पण दैनिक २५ मंसिर २०८२,२०:३५
post

काठमाडौँ । तेमाल गाउँपालिकामा सञ्चालित २ दिने निशुल्क आँखा शिविरमा उत्साहजनक सहभागिता देखिएको छ । तेमाल गाउँपालिका, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र ख्वप तिलगंगा आँखा अस्पत्ताल भक्तपुरको संयुक्त आयोजनामा सुरु भएको २ दिने स्वास्थ्य शिविरमा उत्साहजनक सहभागिता देखिएको हो । 

अन्धोपन निवारण परियोजनाको सहयोगमा सञ्चालित मोतिविन्दु तथा नेत्र रोगका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया शिविर मंसिर २३ र २४ पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा सञ्चालन भएको हो । 

तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार मंसिर २४ गते ३८ जना बिरामीको शल्यक्रिया गरिएको छ । २० पुरुष र १३ महिला गरी ३३ जनाको मोतीबिन्दु शल्यक्रिया गरिएको छ, भने ५ जनाको आँखामा मासु पलाएको बिरामीहरूकाे शल्यक्रिया गरिएको अध्यक्ष तामाङले बताए ।

आमनागरिकको सहजता र खुसीको लागि आफू काम गर्ने बताउँदै अध्यक्ष तामाङले भने, ‘मलाई त जेष्ठनागरिक तथा सर्वसाधारण आममानिसको आर्शिवाद प्राप्त भएर होला काम गर्दा झन झन बढी खट्न मन लाग्छ ।
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: