वडाध्यक्ष नै स्वतः विव्यस अध्यक्ष हुने प्रावधान हटाउन ज्ञापनपत्र, नहटाए कानुनी उपचारमा जाने चेतावनी

दर्पण दैनिक ९ श्रावण २०८०,१६:१८
post

काठमाडौँ । वडाध्यक्षलाई नै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थान समितिको अध्यक्ष हुने काठमाडौँ महानगरपालिकाको निर्णय विवादमा परेको छ ।महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुबाट सन्तोषजनक काम नभएको भन्दै गएको असार ३० गतेको नगरसभाले सबै विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरको उक्त निर्णयका बारेमा धारणा तय गर्न हिजो  ८९ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षको बैठक बसेको थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तानले नयाँ व्यवस्था कार्यान्वयनमा आएमा विद्यालयमा अनावश्यक रूपमा राजनीति प्रवेश गर्ने र विव्यस अध्यक्ष तथा प्रधानाध्यापकबीच राजनीतिक द्वन्द्व बढेर समग्र शिक्षाको गुणस्तर नै प्रभावित हुने बताए । 

उक्त निर्णयबाट महानगरपालिका पछि नहटेमा कानुनी उपचारमा जाने चेतावनी महासङ्घले दिएको छ । यसबारेमा महानगर उपप्रमुख सुनिता डङ्गोललाई हिजो ज्ञापनपत्र बुझाइएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

वडाध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान खारेज गरेर अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था हुनुपर्ने मागका बारेमा थप छलफल गर्ने उप प्रमुख डङ्गोलले आश्वासन दिइन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: