चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री

दर्पण दैनिक २३ असार २०८३,१२:५२
post

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष प्राडा खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे ।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: