रोशी गाउँपालिकामा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार

दर्पण दैनिक १९ आश्विन २०८०,१२:२८
post

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले मध्यमकालिन खर्च संरचना तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूको सक्रियतामा खर्च संरचना तयार पारेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार तीन महिना लगाएर मध्यमकालिन संरचना तयार पारेको हो । रोशी गाउँपालिकाको मिति २०७९ माघ १९ गते बसेको आठौँ कार्यपालिका बैठकले मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने निणर्य गरेको तामाङले बताए । 

सोही दिन प्राविधिक समिति गठन गरी त्रिबर्षीय मध्यमकालिन खर्च संरचना तयार पारेको उनको भनाई छ । सो खर्च संरचनामा २०८०,८१ को बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक बर्ष २०८१, ०८२ र २०८२, ०८३ को प्रक्षेपण गरी तीन आर्थिक बर्षको बजेट प्रस्तुत भएको उनले बताए । संरचनाले बिषय क्षेत्रगत स्रोतसहित सार्वजनिक वित्तको पूर्वानुमान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

गाउँपालिकाले आवधिक योजनाहरू बनाएका हुन्छ । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तामाङले भने, ‘२०७९ माघ १९ गतेको कार्यपालिका बैठकको निणर्यले मेरो संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समिति गठन गरेकोमा तीन महिनामा हामीले तयार पारेका हौँ ।’ 

संरचनाको मस्यौदा तयार पारी कार्यपालिकालाई हस्तान्तरण गरी कार्यपालिकाले स्वीकृत गरीसकेको उनले बताए । अब संरचना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।

काभ्रे जिल्लामा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने पालिका रोशी नै पहिलो पालिका हो । रोशी गाउँपालिकामा मध्यमकालिन खर्च संरचना तयार पारी कार्यान्वयनको चरणमा रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । कार्यपालिकाको निणर्य अनुसार प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूकै मेहनतमा संरचना तयार गरेको अध्यक्ष लामाले बताए । यसले आगामी योजना र बजेटलाई तालमेल गरी बिकासमा तिव्रता हुनेमा ढुक्क रहेको उनले बताएका छन् ।
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: