क्षत्रपाटी निःशुल्क चिकित्सालयका पदाधिकारीको शपथ, मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त

दर्पण दैनिक २ श्रावण २०८०,०७:१५
post

काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् । 

मिति २०८० बैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित हुनु भएका कार्य समितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ ।  

कार्यक्रममा पूर्व अध्यक्ष बिजय बहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्वाचित कार्य समितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरले शपथ लिएका छन् । त्यसैगरी, कार्यकारिणी सदस्यहरुमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल चन्द्र मानन्धरले पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्य समितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्य समितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नविन मानन्धरलाई पदेन सदस्यको रुपमा मनोनित गरिएको छ । 

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजिबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयको मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त

२०१३ सालमा स्थापना भएको काठमाडौको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् । 
नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल डाइरेक्टरमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । आजको सञ्चालक समितिको बैठकबाट मेडिकल डाइरेक्टरमा नियुक्त भएका डा. मानन्धरलाई अध्यक्ष डा. मनोजमान श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 

नव नियुक्त डा. सन्तोष मानन्धरलाई क्षत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । 
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: