धनगढीमा डा. गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन

दर्पण दैनिक ३० मंसिर २०८०,१७:५३
post

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । 

चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रदर्शन गरेको हो ।


सङ्घर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् । 

सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: