जेबी टुहुरे फाउण्डेसनले गरेको स्वास्थ्य शिविरबाट १५० ले लिए नि:शुल्क सेवा

दर्पण दैनिक ११ फाल्गुन २०७९,१४:५८
post

काठमाडौं । जेबी टुहुरे फाउण्डेसनले मोरङ मधुमल्लामा गरेको स्वास्थ्य शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन् ।

मधुमल्ला अस्पतालमा भएको शिविरमा विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले स्वास्थ्य शिविरमा सुगर, प्रेसर, मिर्गौलाका समस्या भएकाहरूको ल्याब परीक्षणसमेत गरिएको बताइन् ।

शिविरमा डा. सरोज मण्डल, डा. अनुपम घिमिरे, डा. सलव सापकोटा, डा. वीरेन्द्र दुलालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा यौन तथा लागुऔषध दुर्व्यसनीविरुद्ध ‘युवा शिक्षा कार्यक्रम’ मार्फत परामर्श सेवासमेत प्रदान गरिएको थियो ।

जनप्रिय गायक दिवंगत जेबी टुहुरेको नाममा स्थापित फाउण्डेशनले विभिन्न सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: