भारतको कर्नाटकमा कंग्रेसको ठूलो जित

दर्पण दैनिक ३० बैशाख २०८०,१५:४३
post

काठमाडाैं ।  भारतको कर्नाटक राज्यको विधानसभा चुनावमा कंग्रेसले ठूलो विजय हात पारेको छ। मतगणना जारी रहँदा कंग्रेस १३५ भन्दा बढी सिटमा अगाडि देखिएको छ । २२४ सिटको विधानसभामा बहुमतका लागि ११३ सिट आवश्यक छ । सत्तारुढ भारतीय जनता पार्टी ६५ सिटमा अगाडि देखिन्छ । 

भाजपाका लागि यो निकै ठूलो झड्का हो। किनभने प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका शीर्ष नेताहरुले लामो समय यहाँको चुनाव प्रचारमा बिताएका थिए ।

एचडी कुमारस्वामीको जनता दल सेक्युलरले २० हाराहारी सिट जित्ने देखिएको छ । जितपछि कंग्रेसका नेता सिद्धारमैयाले यो मोदी, अमित शाह र जेपी नड्डाविरुद्धको जनमत भएको बताएका छन् । 

‘प्रधानमन्त्री मोदी कर्नाटकमा २० पटक आए । यसअघि कुनै पनि प्रधानमन्त्री चुनावमा यसरी आएका थिएनन्,’ उनले भने । कांग्रेसका प्रदेश प्रमुख डीके शिवकुमारले पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् । 

भाजपाका नेता बीएस यदियुरप्पाले हार स्वीकार गर्दै भाजपाका लागि पराजय नौलो कुरा नभएको र यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन् । एजेन्सी 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: