पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

दर्पण दैनिक २६ बैशाख २०८०,१६:२१
post

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन् । इस्लामाबाद पुलिसले धारा १४४ अनुसार कारबाही हुने बताइएको छ । 


पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् । इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।’

 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: