बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

दर्पण दैनिक ३२ जेष्ठ २०८०,०९:४७
post

टोकियो । जापानले आफ्ना नागरिकहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । 

पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए । घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन् । यसमा बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्ने लगायत समावेश छ ।

प्रधानमन्त्रीले देशमा कर नबढाई यो नीति कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । तर कतिपय विश्लेषकहरूले भने यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा आशङ्का जताएका छन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: