बिहारकी पूर्व मुख्यमन्त्री रावडी देवीको घरमा सीबीआईको छापा

दर्पण दैनिक २२ फाल्गुन २०७९,१३:२०
post

काठमाडौं । बिहारकी पूर्व मु्ख्यमन्त्री रावडी देवीको पटनास्थित घरमा सीबीआईले छापा मारेको छ । सोमबार बिहानै सीबीआईको टिम रावडी देवीको सरकारी आवास १० सर्कुलर रोडमा पुगेर छापा मारेको हो । 

समाचार एजेन्सी पीटीआईका अनुसार सीबीआईको यो कारबाही कथित ‘जागिरको बदलामा जमिन घोटाला’ विषयमा भइरहेको छ । 

बीबीसीका अनुसार सीबीआईको टिममा महिला र पुरुष अधिकारी सहभागी छन् । यो टिममा करिब १० जना रहेको बताइएको छ । 

अहिले छापा जारी रहेको बताइएको छ । यता यही घोटालामा जोडिएका लालु यादव भने दिल्लीमा रहेका छन् । लालु यादव रेल मन्त्री भएका बेला जागिरको बदलामा जग्गा लिइएको खुलासा भएको थियो । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: