‘मोदी हटाओ, देश बचाओ’ लेखिएको पोस्टर टाँसेपछि....

दर्पण दैनिक ८ चैत्र २०७९,१६:०७
post

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको छ । 

प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोस्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएको इकोनोमिक टाइम्सले जनाएको छ । 
 
दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । 

पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

आम आदमी पार्टी आपको कार्यालयबाट बाहिरिनेबित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: