अमेरिकामा ४ नेपाली घरभित्रै गोली लागेको अवस्थामा मृत फेला

दर्पण दैनिक २५ जेष्ठ २०८२,०९:१८
post

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । मृत्यु हुनेमा सन्तोष परियार (३८), अञ्जु श्रेष्ठ (३६) र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।

घटना बिहीबार राति पौने ११ बजेको हो । घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।

‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: