शिवसेनामा प्रवेश गरे वलिउड अभिनेता गोविन्दा

दर्पण दैनिक १५ चैत्र २०८०,२०:३३
post

काठमाडौं । वलिउड अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिए । सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा प्रदान गर्दै अंगवस्त्र लगाइदिएर स्वागत गरे ।

गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सिटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ । त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन् ।

गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सिटबाट सांसद बनेका थिए । त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई हराएका थिए । तर, सन् २००९ मा उनले राजनीतिबाट सन्न्यास घोषणा गरेका थिए । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: